जनता टाइम्स

४ पुष २०८१, बिहीबार २३:३०

हिटरको ग्यास लिक भएर आगलागी हुँदा साढे ३ तलाको घर जलेर नष्ट


काठमाडौं, पुस ४ । हिटरको ग्यासको लिक भएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ।

काठमाडौंको टोखा नगरपालिका-६ धापासी कुँवर कोलोनी नजिकै शिव मन्दिर मार्गमा रहेको भाइकाजी श्रेष्ठको साढे ३ तलाको घर जलेर नष्ट भएको हो।

पहिलो तलामा हिटर ताप्ने क्रममा बिहीबार साँझ ५ बजेर २३ मिनेटमा आगो लागी हुँदा घरको भित्री भाग जलेर पूर्णरूपमा नष्ट भएको हो। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, महानगर प्रहरी, टोखा नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।