काठमाडौं, पुस ८ । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।
जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा दनुवार आज बिहान मृत अवस्थामा फेला परेको पारिवारिक स्रोतलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ । दनुवारका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पार्नुभएको थियो । त्यसपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा राखेको थियो ।
दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो । अभियन्ता दनुवारको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्