जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ००:००

आफताव आलमको कमाल : अपराधमा सधै अब्बल


यस्तो छ मन्त्रीको स्वकीय सचिवदेखि मन्त्री बन्दासम्मको अपराध कथाको नालीवेली

टीआर पौडेल

आफ्नै पार्टीका बमबाट घाइते कार्यकर्तालाई इटाभट्टीको पाँच हजार भन्दा बढी सेल्सियस तापक्रमको चिम्नीमा जिउँदै हालेर मारेको घटनाका नेपाली इदिअमिनको नामबाट आजभोलिका सामाजिक मिडियामा दिइएको नयाँ परिचय पूर्वमन्त्री तथा कांग्रेसका नेता मोहम्मम आफताव आलम शक्तिमा हुँदा कस्ता–कस्ता कमालका काम गरे भन्नेबारे यो लेखमा प्रष्ट पार्न खोजिएको छ ।

पृष्ठभुमि

२०४८ सालको निर्वाचनमा रौतहटबाट पुनः शेख इन्द्रिस निर्वाचित हुनुभयो । शेख इन्द्रित २०१५ सालमा पनि रौतहटबाट निर्वाचित हुनुभएको थियो । २०१५ र २०४८ मा दोहोर्याएर सांसद हुनेमा बलबहादुर राई पनि हुनुहुन्थ्यो । सान्दाज्यु बिपि कोइरालाले नै २०१५ सालमा मन्त्री बनाउनु पर्ने राई र शेख इन्द्रिसलाई उहाँका भाई गिरीजाबाबु (गिरीजाप्रसाद कोइराला) ले २०४८ सालमा मन्त्री नबनाउने कुरै भएन ।
२००७ सालको क्रान्तिमा बलबहादुर राईको भोजपुर, ओखलढुंगा र संखुवासभा क्षेत्र र रौतहटमा शेख इन्द्रिसको निकै उपल्लो स्तरको योगदान थियो । यही कारण राई भौतिक योजना मन्त्री र बन मन्त्रीमा शेख इन्द्रिस छानिनु भयो । प्रजातन्त्र प्राप्तीपछि बिकास निर्माणलाई युद्धस्तरमा लाने कामको लागि बलबहादुर राईलाई भौतिक योजना मन्त्रालय जिम्मा दिइयो । २०४७ को युएन सम्मेलनमा भाग लिनुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र बनमन्त्री झलनाथ खनालले नेपालको बन संरक्षणको साथ साथै पर्यावरण र तीब्र जलबायु परिबर्तनको कारण बिश्वमा बिकासोन्मुख राष्ट्रहरुले सहयोग गर्नुपर्ने र बिकसित राष्ट्रहरुको त्यस्ता राष्ट्रहरुलाई क्षतिपूर्ति स्वरुप आर्थिक सहयोगसमेत प्राप्त गर्ने आसयको सन्धिमा हस्ताक्षर गरेर फर्कनु भएको थियो अमेरिकाबाट ।

# युएन सम्मेलनमा जलबायु परिबर्तनको प्रभाब रोक्न नेपालले कटानीबाट बाँकी रहेको ४१.५% जङ्गललाई कायम गर्नु अनिबार्य बनेको थियो । यदि बन संरक्षण गर्न नसकेमा बिदेशबाट प्राप्त अनुदान सहयोग र ऋणसम्म सहुलियत दरमा नपाउने स्थिति भएकोले बन मन्त्रालयलाई बढी जिम्मेवार बनाउनु पर्ने तात्कालिन सरकारको मुख्य जिम्मेवारी हुन आयो । यस्का लागि बन मन्त्रालयको जिम्मा पनि बिश्वासिलो मान्छेलाई दिनपर्ने थियो ।

# यता २०३६/३७ को जनमत संग्रहमा निर्दललाई जिताउन सूर्यबहादुर थापा, दिपक बोहोरा र हेमबहादुर मल्ल (शेरे धनुषा) हरुले तराईमा रहेको लाखांै हेक्टरमा रहेको साल, सिसौ र खयर जस्ता बहुमुल्य काठ निर्दल जिताउन आवश्यक पैसाको जोहो गर्नको लागि भारतलाई बेचेर चुनाब खर्चको ब्यबस्थापनको साथसाथै आफ्नो ब्यक्तिगत सम्पत्ती बनाएको कारण पनि तराईमा बाँकी रहेको जङ्गल बचाउनु प्रजातन्त्र प्राप्तीपछिको सरकारको लागि ठूलो चुनौती थियो ।

२००७ सालको क्रान्तिको योद्धा, ०१५ सालको संसद र निर्वासित र परिपक्क नेता जो अल्पसंख्यक समुदायहरुको पनि प्रतिनिधित्व हुने गरी दोश्रो रोजाईमा राखी शेख इन्द्रिसलाई बन मन्त्री बनाइयो । मन्त्रीको स्वकीय सचिब हुन पुगे मोहम्मद आफताव आलम । पढे लेखेका र आफन्त समेत भएकोले युवा भतिज आलमले मौका पाए । स्वच्छ छवि र इमान्दार र जनमुखी कार्यशैली भएका शेख इन्द्रिसका कारण उनको मन्त्रालयले राम्रो काम गर्नेमा प्रधानमन्त्री कोइराला ढुक्क हुनुहुन्थ्यो । पढे लेखेको भतिजलाई बिश्वाश नगर्ने कुरै भएन । एक त आफू साधारण पढाइ मात्र भएको कारणले शेखले स्वकीय सचिबमा निकै चलाख भतिज आफतावलाई नियुक्ति गरे । तर चलाख आलमले कमाउने मौकाको रुपमा यो पदलाई परिणत गरीदिए । त्यसबेला आलम तराईको जिल्लामा सरुवा माग्नेहरु डिएफओदेखि खरिदा र बनपालेसँग पद हेरेर सिधै बार्गेनिङ गर्थे । जिल्लामा आईसकेपछि डिएफओहरुसंग मिलेर मासिक लाखौंको रुख फडानी हुनथाल्यो ।

मध्य तराईमा २०४८ देखि ०५१ सम्म करिब आठ–दश प्रतिशत भन्दा बढीको रुख कटानी भयो । पञ्यायतको अन्तिम बर्ष तिरबाट लामो समयदेखि ब्यक्तिगत रुख समेत काट्न बेच्न नपाइने नीति बनेका कारण कमाउने अवस्था नदेखेका आलमले ढले पढेका जङ्गलका रुख टिम्बर कर्पोरेशनमार्फत र ब्यक्तिका रुख काट्न पाउने नीति काकामार्फत सरकारबाट पारित गराए । ब्यक्तिको नाममा रहेका जग्गा जमिनमा रहेका रुख र सरकारी जङ्गलका लाखौं रुखहरु पूर्वदेखि पश्चिम तराई र तराइसँग जोडिएका चुरेसम्मका जिल्लाहरुबाट फडानी भए । मन्त्रीको पिएको नाताले आफूले कमाउने गरी ढलापडा जङ्गलका रुख सदुपयोग गर्ने नाममा हरिया रुखहरु स्वाहा भए । यो नितिगत निर्णयले गाउँँगाउँँमा बनका ठेकेदारहरुको जन्म भयो । हरेक गाउँँठाउँमा गर्बका साथ हामी बनका ठेकेदार हौं भन्न कुनै अप्ठ्यारो नमान्ने गरी ठेकेदार निस्के । बिकाश निर्माणको लागि वर्गीकरण गरीएको प्रमाणपत्र पाए झै जिल्ला बनबाट बनको ठेकेदारको प्रामाणिक आधार बोकेर हिड्ने स्थिति बन्यो । जिल्ला जिल्लामा रुखका ठेकेदारहरु पो ठेक्कापट्टा गर्न थाले । एकै जिल्लामा सयौं हामी रुखका ठेकेदार हौं भन्न लाज नमान्ने अवस्था सिर्जना गराए ।

# यसैबीच रौतहटमा निरन्तर दुई बर्स बसेका यादब थरका एक जना डिएफओ सरुवा भएपछि आएका गुल्मी तिरका जैसी थरको डिएफओले दशौं बिघामा रातारात सालको रुख फडानी भएर निकासा भैरहेको थाहा पाए । सूचना पाएर तस्कर पक्राउ गर्न पुगेका डिएफओले झण्डै ज्यान गुमाउने अवस्था आयो । तर प्रहरीले साथ दिएपछि तस्करको सामान कब्जामा लियो । डिएफओको नेतृत्वमा बिसौं प्रहरीहरुले सयौं टेक्टर र गोरुगाढा कब्जामा लिएको थाहा पाएर पिए भतिज आलमले नै मन्त्रीको आदेश भन्दै डिएफओलाई मन्त्रालय झिकाएर हाजिर गराउने काम गरे । गृहमन्त्री शेरबहादुर देउवाको निर्देशनमा आइजिपिले तत्काल प्रहरीकै सुरक्षाकवजमा कब्जामा लिइएको काठ तस्करी गर्ने ब्यक्तिहरुकै गाउँँको स्कुलमा झारिदिएर फर्कनु परेको थियो । राम्रो काम गर्दा मन्त्रालयमा तानिएका अफिसरलाई केही समय मन्त्रालयमा जगेडामा राखेर डोल्पामा सरुवा गराई दिए । बर्सको यो अवधिमा मुलुकभरी बैध अबैध गरी करिब ९.५ प्रतिशत भन्दा बढी रुख कटान भए ।

तराईमा कांग्रेसका लागि ठूलो योगदान : राज्यले नै बनमारा नीति लिएको थाहा पाएका गाउँलेहरुले यो अवधीमा आफै पनि रुख फडानीमा लागेर आफ्नो जिबिका चलाउथे । कतिपयले रुख काटेर चिरान समेत गराएर बिक्री गर्थे । हरेक गाउँमा राजनीतिको दाउपेच अचम्मको हुन्थ्यो । कांग्रैस र कम्युनिष्ट भनेर गाउँमा पानी बाराबार हुन्थ्यो । कुनै कम्युनिष्टले आफ्नै आवश्यकताको लागि जङ्गल पसेको छ, या जङ्गलबाट ल्याएर कतै काठ राखे, लुकाएको छ भने बन कार्यालयको गस्ती वा सुराकीबाट तुरुन्तै पक्राउ पर्थ्यो । पक्राउ परेको कम्युनिष्ट कार्यकर्ता कांग्रेस हुन सहमत भए उसको मुद्धा ढिसमिस हुन्थ्यो । केही दिनमा रेडियोबाट फलानो एमाले, मसाल वा राप्रपा छोडेर नेपाली कांग्रेसमा प्रबेश गर्नुभयो भन्दै रेडियो नेपालले समाचार फुक्थ्यो ।

अप्ठ्यारोमा पारेर बिपक्षी पार्टीका हजारौं कार्यकर्ता कांग्रेस बनेका थिए । कांग्रेस कार्यकर्ताको कुरा सुनेर बन मन्त्रालयको तर्फबाट छिटोभन्दा छिटो कार्बाही गर्ने भएकोले देश भरिका कार्यकर्ताले गिरीजाबाबूसँग भेट हुँदा बनमन्त्रीले आफुहरुको कुरा बेलैमा सुन्ने र पार्टी बलियो बनाउन सह्योग गरेको बताउथे । गिरीजाबाबू मन्त्री शेख इन्द्रिसलाई पिए आलमकै अघि तपाइको परफरमेन्स सबै मन्त्री भन्दा राम्रो भएको देशभरीका कार्यकर्ताले भनेको भन्दै सुनाउथे । मन्त्रीले प्रधानमन्त्रीसँग यो काम भतिज आफताव आलमको योगदान हो, आफुले त केही नगरेको सगौरव सुनाउँथे । चारैतिर कांग्रेसका मन्त्रीहरुको आफ्नै पार्टीका कार्यकर्ताले भेटेन भनेर आलोचना हुम्दा एउटा शेख इन्द्रिसको मात्रै आलोचना भएन । गिरीजाबाबूसँग देशभरका कार्यकर्ताले बन मन्त्रीलाई सराहना गरेकोले आलमले यो परिस्थितिको फाइदा कसरी लिने भनेर सोचिरहेका थिए । गिरीजाबाबुलाई पनि माधब नेपालको टक्करको लागि मान्छे चाहिरहेको थियो । उनी आलम गतिलो बिकल्पको रुपमा शेख इन्द्रिसपछि स्थापित गर्न सक्नेमा बिश्वस्थ हुनथालेका थिए ।

राजमार्गको क्षेत्रको बन मासेर करोडौंको आम्दानी : पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको महेन्द्र राजमार्ग छेउछाउमा करिब ५० ठाउँमा ब्यवस्थित बस्ती बसाल्ने नाममा पैसा कमाउने गुरुयोजना बनाइयो । उक्त योजनाबाट करोडौं कमाउने गरी भौतिक योजना मन्त्रालय र बन मन्त्रालयबीचको कार्य क्षेत्र हुनेगरी बिस्तृत प्रस्तावना तयार भयो । भौतिक योजनामा सोझा मन्त्री बलबहादुर राई थिए । राजमार्गमा अब्यबस्थित बस्ती भएकोले त्यस क्षेत्रको बस्तीलाई ब्यबस्थित बस्ती बिकास गर्न एउटा निकाय भौतिक मन्त्रालय अन्तर्गत बनाउने र जङ्गल क्षेत्रभित्र भएका बस्तीहरुलाई ब्यपस्थित बसाउने गरी एउटा कार्यलय खडा गर्ने भन्ने योजना बनाइयो । काम अअघि बढाउन गिरीजाबाबुका बिस्वाशपात्र मन्त्रीद्वय बलबहादुर राई र शेख इन्द्रिसले कन्भिन्स कसरी गर्ने भनी केही सांसदलाई राखेर योजना बनाइयो । सरकारको नीतिगत निर्णय गराउन स्वकीय सचिब आलाम र मन्त्री राइको एक जना स्वकीय सचिब खतिवडा थर भएका ब्यक्ति मिलेर आ–आफ्ना मन्त्रीमार्फत गिरीजाबाबुलाई कन्भिन्स गराउने योजना बनाइएको थियो ।

राई र इन्द्रिसले गिरीजाबाबूसँग ब्यबस्थित प्रस्ताब राखेपछि कन्भिन्स हुनुभयो । रुख काटिएको बस्तीमा एक रुख बराबर ५ बिरुवा सम्बन्धित गाउँँ बिकास समितिभित्र लगाउने गरी बनको क्षतिपूर्ति हुने ब्यबस्था गरीयो । मन्त्रिपरिसदबाट ग्रामिण आवास (पुनर्बास कम्पनी) स्थापना गरी त्यसको कार्यलय स्थानीय बिकाश मन्त्रालय रहेको पुलचोकस्थित पुरानो भवनमा राखेर काम शुरु भयो । सरकारले केही स्थानमा ब्यक्तिका जमिनहरु लिएर त्यहा बिकास गर्ने र धेरै ठाउँमा सरकारकै जङ्गल क्षेत्रमा बस्ती बिकास गर्ने हेतुले काम थालियो । मुकुकका तत्कालीन पुनर्वास कम्पनीले जङ्गल फडानी गरी बस्ती बसाउन खोलेको केही ठाउँहरु (कञ्चनपुर : त्रिभुवनबस्ती गाविस, कालिका गाविस, परासन गाविस र वाइसेविचवा गाविसको ४ वटा वडा, कैलालीको (धनगढी नगरपालिकाको जुगेडा र फूलबारी गाविस, बर्दिया जिल्लाको डाँफे, सीतापुर, जमुनी, ताराताल, बाँके जिल्लाको खजुरा सबै र ए दिखि के गाउँँ, लालझाडी, पुनर्वास, झलारि, बर्दिया जिल्लाको ताराताल, कपिलवस्तु जिल्लामा गोरुसिंगे, ईमिलिया, नवलपरासि जिल्लामा वर्दघाट, रजहर, दुम्कौलि, कावासोति, वुद्दवस्ति, त्रिवेणी, महोतरी जिल्लामा वर्दिवास, सर्लाही जिल्लामा लालवन्दि, सुकेपोखरि, हरिऔन, कास्किको वेगनास र झापाको काकडभिट्टाको शिव बस्तीलगायतका ठाउँमा यो ग्रामीण आबाँस कम्पनीबाट घडेरी बितरन गरियो ।

यसरी कतिपय ठाउँमा ब्यक्तिको जमिनसमेत किनेर ब्यबस्थित बस्तीसमेत बनाइयो । जहाँ जहाँ बस्ती बनाउन सरकारी जङ्गल प्रयोग गरियो, उक्त ठाउँमा बनमन्त्री भौतिक योजना मन्त्री र मन्त्रीका पिएहरु, डिएफओ, सिडियो, प्रहरी प्रमुखदेखि राजनैतिक पार्टीका पीडित कार्यकर्ता बनाएर सयौं कांग्रेस कार्यकर्ता लाई घडेरी बाँडियो । बिसौ स्थानमा भएको घडेरी बितरन हुँदा तात्कालिन समयमा मात्र करिब १ सय भन्दा बनमन्त्रीको भागमा पारिएका घडेरी आलमको खल्तीमा परेका थिए । यसैगरी योजनास्थलमा काटिएका रुखहरुको पनि ठेक्का लगाउँदा मन्त्रीको लागि विशेष कमिशन पुर्याउने र घडेरी बिक्रीबाट राज्यले लिएको राजस्व मध्यबाट ४० प्रतिशत स्थानीय बिकासमा बाटो, घाटो, पानी आदिको ठेक्का लगाउँने रकमबाट समेत केन्द्रलाई छुट्याउने गरेको आयोजना प्रमुखहरुले बताउने गर्थे ।बन मन्त्रालयमा मन्त्रीको स्वकीय सचिब हुँदा मात्र आलमले मन्त्री खुमबहादुर खड्का, चिरिञ्जिबि वाग्ले, गोबिन्दराज जोशी भन्दा करोडौं रुपैया बढी असुली गरेका थिए ।

आलमलाई हालको इट्टाभट्टामा जिउदै मारेको मुद्धामा न्यायाधीशहरुलाई प्रलोभनमा पारेर छुटने सम्भावना भएको खण्डमा प्रहरीले भने सम्पत्ति शुद्धिकरणको मुद्धा चलाउने मनस्थिती बनाउने सम्भावना पनि उत्तिकै देखिन्छ । यो बीचमा मात्र आफताव आलमको अर्वाैं सम्पत्ती भष्टाचार गरी कमाएको उनकै समकालिन नेताहरुले बताउँदै आएका छन ।