जनता टाइम्स

१० पुष २०८१, बुधबार १०:५५

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन मुख्य एजेन्डा


काठमाडौँ, पुस १० । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । 

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रचार प्रमुख गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

यस्तै बैठकमा सरकारको कामको समीक्षा तथा भाबी कार्यक्रमबारे छलफल हुने कार्यसूची छ ।