जनता टाइम्स

१० पुष २०८१, बुधबार १३:५०

सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरुङ


काठमाडौं, पुस १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण कार्यक्रममा बोल्दै सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताउनुभयो ।

‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एक पछि अर्को समस्या उधिनिँदै छ’, उहाँले भन्नुभयो । मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उहाँको भनाइ छ ।

‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिविद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ , तर केही काम भएको छैन, यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु’, उहाँले भन्नुभयो ।

सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उहाँले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताउनुभयो । यसलाई व्यवस्थित बनाउन लाग्नु पर्ने उहाँको भनाइ छ ।