जनता टाइम्स

१४ पुष २०८१, आईतवार ०८:४२

दक्षिण कोरियामा विमान दुर्घटना, १८१ जना सवार विमान अवतरण गर्ने बेला धावनमार्गबाट चिप्लियो


काठमाडौं, पुस १४ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । अवतरण गर्ने गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।

विविसीका अनुसार यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो ।