काठमाडौं, पुस १८ । सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी कार्यालय च्यासलमा आज दिउसो साढे १२ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
एमालेले यही पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकको एजेण्डासहित राष्ट्रिय राजनीति र पार्टी अनुशासनको बिषयमा छलफल गर्नेकायसूची रहेको छ ।













प्रतिक्रिया दिनुहोस्