जनता टाइम्स

२० पुष २०८१, शनिबार ०९:३३

रहेनन खोज पत्रकार श्यामसुन्दर पुडासैनी


काठमाडौं, पुस २० । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। नियमित काम सकेर शुक्रबार साँझ कोठा पुगेपछि गम्भीर बिरामी हुनुभएका पुडासैनीलाई चाबहिलको हेल्पिङ हन्ड्स अस्पतालले मृत घोषित गरेको हो।

पुडासैनीका नजिकका साथी नवराज कुँवरका अनुसार केही दिनयता पुढासैनी बिरामी थिए। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गर्नुभएका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए। छिमेकीले खबर गरेर अस्पताल पुर्याउँदा चिकित्सकले उहाँलाई मृत घोषित गरेको कुँवरको भनाइ छ। शुक्रबार साँझ पुडासैनी एक सहकर्मीकोमा खाना खाएर राति १० बजेतिर कोठामा पुग्नसाथ ढलेको कुँवरले बताउनु भयो।

‘केही दिनयता उहाँ बिरामी हुनुहुन्थ्यो। तर हस्पिटलमा चेक अप, फलोअपसँगै अफिस पनि आउनेजाने गर्नुहुन्थ्यो। आज पनि नियमित ड्युटी सकेर ८ बजे अफिसबाट निस्केर एक सहकर्मीकोमा खाना खाएर १० बजेतिर कोठा पुग्नासाथ ढल्नुभएछ। छिमेकीले खबर गरेपछि लगत्तै हेल्पिङ ह्यान्ड्स हस्पिटल ल्याउँदा सास थिए,’ कुँवरले भन्नुभयो ।

पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गर्नुभएको थियो । प्रेस चौतारी नेपालका एशोसिएट प्रदेश उपाध्यक्ष पत्रकार पुडासैनी खोजी र जोखिमपूर्ण रिपोर्टङ गर्न बिशेष रुची राख्ने पत्रकार हुनुहुन्थ्यो । पे्स चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एशोसियट प्रदेश उपाध्यक्ष खोज पत्रकार पुडासैनीको निधनले आफू र संगठन स्तब्ध बनेको बताउनु भएको छ ।