विराटनगर, पुस २० । नेकपा एमालेबाट निष्कासित डा. भीम रावललाई स्वागत गर्नेमा एकीकृत समाजवादीका नेता कार्यकर्ता र पूर्वराजावादी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका छन् ।
रावललाई शनिबार मध्यान्ह विराटनगर विमानस्थलमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलाम नेतृत्वको समूह र राजसंस्था फर्काउ अभियान तथा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा संलग्न सतिस पोख्रेलको समूहले स्वागत गरेको हो ।
भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल विमानस्थलबाट गाडीमा चढेर सुनसरीतिर लाग्नुभएको थियो । तर सो कार्यक्रम रोकिएपछि रावल बाटोबाटै फर्किनु परेको छ ।
नेकपा एमालेले निष्काशन गरेपछि रावलले केही दिनअघि पत्रकार सम्मेलन गरेर मातृभूमि जागरण अभियान थाल्ने घोषणा गर्नुभएको थियो । सो अभियानको सुरुआत पूर्वबाट गर्ने रावलले बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्