काठमाडौं, पुस २२ । मनोज मानव भनेर चिनिएका युट्युबर मनोज कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहा घर भएका महतोलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । महतो पुस १९ मा पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसअघि महतो विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्