विराटनगर, पुस २४ । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत मोरङमा आज भएको थुनछेक बहसमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । कौइरालाले धरौटी बुझाइसक्नु भएको छ ।
मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहनुभएकी अन्जलाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएपछि फरार रहनुभएको थियो । उहाँ आज अदालत खुलेलगत्तै हाजिर हुनुभएको हो ।
अदालतले पुस २ गते कोइराला, सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्