जनता टाइम्स

२५ पुष २०८१, बिहीबार ०३:२०

परराष्ट्र सचिवमा अमृत राई, बुधवारबाटै सम्हाले कार्यभार


काठमाडौं, पुस २५। परराष्ट्र सचिवमा अमृतबहादुर राई नियुक्त हुनुभएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवमा नियुक्त गरेसँगै राईले बुधाबर कार्यभार सम्हाल्नुभएको छ ।

परराष्ट्र सेवाका सहसचिवमध्ये बरिष्ठताका आधारमा राई सचिवमा बढुवा हुनुभएको हो । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत नियुक्त भएपछि रित्तm सचिव पदमा सहसचिव राईलाई बढुवा गरिएको हो ।

राई यसअघि २०७५ सालमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त हुनुभएको थियो । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका लागि तात्कालिन राष्ट्रपति बिद्यादेवी भण्डारीको अमेरिका भ्रमणको अवसरमा राई नै स्थायी प्रतिनिधि हुनुहुन्थ्यो । यसअघि उहाँ न्युयोर्कमै काउन्सिलरको रुपमा पनि कार्यरत हुनुहुन्थ्यो । राई परराष्ट्र क्षेत्रमा निकै सबल मानिनु हुन्छ ।