जनता टाइम्स

२८ पुष २०८१, आईतवार ०९:२४

काठमाडौं जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै रबि लामिछाने


काठमाडौं, पुस २८। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादीका रुपमा मुद्धा दायर गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुन लाग्नुभएको छ ।

पूर्वगृहमन्त्री लामिछानेको सचिवालयका अनुसार उहाँ आज अदालतमा उपस्थित हुन लाग्नुभएको हो । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशसँगै ८४ दिनपछि हिरासतमुक्त हुनुभएका लामिछाने काठमाडौं आएपछि आज जिल्ला अदालतमा हाजिर हुन लाग्नुभएको हो । उहाँको तर्फबाट कानून ब्यवसायीले शुक्रवार नै हाजिर हुने जानकारी अदालतलाई गराएका छन ।