काठमाडौं, पुस २८ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेश गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आइतबार बिहानै अदालत उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेपनि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायाधीश अधिकारीले यस्तो आदेश गर्नुभएको हो ।
जिल्लाको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा हुनुभएका लामिछाने आज न्यायिक हिरासतमा जानुभएका छन् ।
प्रतिक्रिया दिनुहोस्