जनता टाइम्स

१३ माघ २०८१, आईतवार १०:५८

भाइले गरे आफ्नै दाजुको हत्या


कैलाली, माघ १४। कैलालीको धनगढी उपमहानगरपालिका १७ मा भाइले आफ्नै दाईको हत्या गरेका छन । प्रहरीका अनुसार भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको हो ।

शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताउनु भयो ।घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा लालबहादुरको राति २ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।