जनता टाइम्स

१४ माघ २०८१, सोमबार ०८:२१

पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्दै सरकार


काठमाडौं, माघ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गर्नु भएको छ ।

पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताउनुभयो ।

गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न लामासहितका आरोहीलाई सम्मान गरिएको हो । कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा र युक्ता गुरुङलाई सम्मान गरिएको थियो ।