जनता टाइम्स

१४ माघ २०८१, सोमबार १३:३१

अखिल क्रान्तिकारीको मतगणनामा फेरि लफडा


काठमाडौं, माघ १४ । नेकपा माओवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदान स्थलमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडा लैजाने बिषयले विवाद भएको छ ।

नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो । यसअघि मतपत्रमा प्रयोग भएको आधिकारी रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने लगायत आचार संहितामा विवाद हुँदा मतगणना स्थगित भएको थियो । तर निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोजेपछि विवाद उत्पन्न भएको हो।

‘निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिस डाँडामा सार्न खोजेको तर हेमन्त राई पक्षधर नेताहरूले अस्वीकार गरेको बताइएको छ । राई पक्षले बाटोमा धाँधली हुन सक्ने भन्दै मतदान केन्द्र स्थलमै मतगणना गर्नुपर्ने अडान लिएका हुन । यसै कारणले मतगणनाको काम सुचारु गर्न ढिलाइ भइरहेको छ । दुवै प्रदेशका निर्वाचन समितिले मध्यान्ह १२ बजेदेखि स्थगित मतगणना कार्य सुरु गर्ने बताएको थियो । सोही बिवादले अझै हुन सकेको छैन ।