जनता टाइम्स

१४ माघ २०८१, सोमबार १८:२१

सत्तापक्षीय दलको बैठक : यस्ता छन प्रधानमन्त्रीका अपेक्षा


काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा सत्ता पक्षीय राजनीतिक दलसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको आह्वानमा केहीबेर अघिबाट सत्ता पक्षीय दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुुख सचेतसमेत सहभागी हुनुहुन्छ ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरुलाई संसदको पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताउनु भयो । उहाँले संसदलाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसदहरुको प्रभावकारी भूमिका आवश्यक पर्ने धारणासमेत राख्नुभएको छ ।

संसदको अधिवेशन माघ १८ गतेदेखि प्रारम्भ हुँदैछ ।