जनता टाइम्स

१८ माघ २०८१, शुक्रबार ०८:५०

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि, पहिलो दिन नै अवरुद्ध गर्ने बिपक्षीको तयारी


काठमाडौं, माघ १८। संघीय संसदको हिउँदे अधिवेशन शुक्रवारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक शुक्रवार दिउँसो एक बजेका लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यस्तै दुवै सदनमा सरकारले ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।

संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यता विपक्षी दलहरूले बोल्न दिने तर, अध्यादेश पेश गर्न नदिने रणनीति बनाएका छन । संसदमा बोल्ने र अध्यादेश पेश गर्न लाग्दा अवरुद्ध गर्ने विपक्षी दलहरूको योजना रहेको देखिएको छ ।