काठमाडौं, माघ । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिको काम भएको बताउनु भएको छ ।
शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उहाँले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताउनुभएको हो।
सोहीअनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकले बताउनुभयो । केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उहाँको विश्वास छ ।
‘नागरिकता सम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छौ। जग्गा प्राप्ति सम्बन्धि कानुन संशोधनको काम अगाडि बढेको छ,’ उहाँले भन्नुभयो, ‘यस्तै संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछौ। चाँडै पास गर्छौ।’
नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्री लेखकको भनाइ छ ।
साथै उहाँले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धि विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताउनुभयो । विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिनुभयो।
कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरु महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।
“क्लबकाे नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ,‘ गृहमन्त्री लेखक भन्नुभयो।
यस्तै गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौती देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्