चितवन, फागुन १९। गोरखाको शहीद लखन गाउँपालिका ३ मा माइक्रोबस दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते सबैको सनाखत भएको छ ।
मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा चितवन खैरहनी नगरपालिका २ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका २ कै रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्