जनता टाइम्स

१७ चैत्र २०८१, आईतवार ११:४४

जरिवाना पत्र लिएर गएको महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो


काठमाडौँ, १७ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर गएको काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको छ । पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् ।

शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको थियो ।