जनता टाइम्स

२३ चैत्र २०८१, शनिबार ०८:४०

भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो


काठमाडौं, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लिने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार उहाँलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ ।
शुक्रबार राति निवासबाटै पक्राउ पर्नुभएका लामिछानेलाई प्रहरीले विमानमार्फत भैरहवा लैजान लागेको हो ।

शुक्रबार राति उहाँलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।उहाँलाई ८ बजेको उडानमार्फत भैरहवा लैजनाने तयारी गरिएको थियो । तर, केही समय उडान डिले भएको प्रहरीले जनाएको छ । यती एयरलाइन्सको विमानबाट लैजान लागिएको हो । संगठित रुपमा सहकारी ठगी गरेको आरोपीत रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।