काठमाडौँ। काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दर्ज भएको छ । मंगलबार बिहान सवा ८ बजेको रेकर्डअनुसार काठमाडौँ वायु गुणस्तर २६१ एक्युआई रहेको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरले उल्लेख गरेको छ ।
जसअनुसार काठमाडौँको वायु गुणस्तर ‘धेरै अस्वस्थकर’को सूचीमा छ । पछिल्लो समय नेपालका प्रदूषण निकै बढेको छ भने आम सर्वसाधारणको स्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ । यस्तै, नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली (१७९), भियतनामको हनोइ (१७७) तेस्रो तथा पाकिस्तानको लाहोर (१७२) चौथो स्थानमा छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्