काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले सोसल मिडिया अराजकतावादीको कब्जामा रहेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनीहरूले जनतामा भ्रम सिर्जना गरिरहेको उनको भनाइ छ । साथै उनले प्रतिगामी शक्तिले दुःख दिइरहेको पनि बताए । ‘देशको प्रतिगामी शक्तिलाई धूप हालेर धपाउनुपर्ने छ,’ उनले भने, ‘गणतन्त्रका पक्षमा प्रतिगामी पक्षलाई खबरदारी गर्नु पर्ने छ ।’













प्रतिक्रिया दिनुहोस्