जनता टाइम्स

२७ चैत्र २०८१, बुधबार ०९:५१

नेपाल बारमा निकै पछि पर्यो माओवादी-रास्वपा गठबन्धन, विजय मिश्रको प्यानल हजार मतले अगाडि (सूचीसहित)


काठमाडौं, चैत २७ । कानून ब्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसियसनको चुनावमा माओवादी र रास्वपा निकट वकिलहरुको हरिबिजोग भएको छ । जारी मतगणनामा सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन निकै अगाडि देखिएको छ ।

गठबन्धनका उम्मेदवार विजयप्रसाद मिश्रले २ हजार ०१० मत ल्याउँदा पूर्वमहान्यायाधिवक्तासमेत रहनुभएका नेकपा माओवादी केन्द्र र रास्वपा निकट वकिलहरुका उम्मेदवार रमण श्रेष्ठले केवल १ हजार ७ मत मात्र पाउनु भएको छ ।

सत्ताधारी गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेस निकटको डीएलएका उम्मेदवार मिश्रको लिड दोब्बर छ । महासचिवमा पनि सत्ता गठबन्धनकै उम्मेदवार केदार कोइरालाको मत १ हजार ९ सय ८९ रहेको छ । उहाँका प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले ८७८ मत ल्याएउनु भएको छ । अन्य पदमा पनि सो समुहको अवस्था दयणीय रहेको छ ।

हेर्नाेस मतगणनाको सूची