काठमाडौं, चैत २७ । नेपाल बार एशोसियनको अध्यक्षमा प्राडा बिजय मिश्रका समुह नै निर्वाचित हुने निश्चित भएको छ । निर्वाचनको मतगणना अन्तिमतिर पुग्दा मिश्र नेतृत्वको टीम जीत निकट पुगेको हो ।
नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको गणनाको पछिल्लो अपडेटअनुसार कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बन्नुभएका मिश्र नेतृत्वको प्यानलको मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै पुगिसकेको छ ।
सत्ताधारी गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेसनिकटको डीएलएका साझा उम्मेदवार मिश्र ४२ सय ७२ मतसहित बिजय बन्ने निश्चित हुनुभएको छ । माओवादी र रास्वपा निकटका कानून व्यवसायीको प्यानलबाट उहाँसँग प्रतिस्पर्धा गर्नुभएका रमनकुमार श्रेष्ठको उहाँको भन्दा आधा पनि मत छैन । श्रेष्ठले केवल १८ सय ४३ मत पाउनु भएको छ ।
यस्तै महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाको ४ हजार ६० मत प्राप्त गर्दा प्रतिस्पर्धी यज्ञमणि न्यौपाने १७ सय ५ मत मात्रै आएको छ ।
शनिबार भएको बारको चुनावमा ९ अजार ९ सय ५७ मतदातामध्ये ८० प्रतिशत मतदान भएको थियो ।















प्रतिक्रिया दिनुहोस्