काठमाडौँ, २८ चैत्र । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सिमाना ठाँटीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्।
वडा नं ३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। दुर्घटना भएको बोलेरो सडकबाट २–३ मिटर तल खसको थियो। पानी परेर सडक चिप्लो भएको र क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्