जनता टाइम्स

३१ चैत्र २०८१, आईतवार १३:१२

राष्ट्रिय अपाङ्गता संगठनको अध्यक्षमा जगदीश अधिकारी, यस्तो छ निर्विरोध निर्वाचित टीम


काठमाडौं, चैत ३१ । राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा जगदीश प्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

नेकपा एमालेका महासचिव शंखर पोखरेलले उद्घाटन गर्नुभएको राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो अधिवेशनले उपाध्यक्षमा निर्मला धिताल, कृष्ण गौतम र महासचिवमा रमेश लामालाई चयन गरेको छ ।

यसैगरी उपमहासचिवमा शिशिर खनाल, सचिवमा राजु बस्नेत, देवीदत्त आचार्य, खोमराज शर्मा र कोषाध्यक्षमा कमला बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले ९ पदाधिकारीसहित ५५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुदै नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले राष्ट्रिय अपाङ्गता संगठन नेपालले अपाङ्गता भएका व्यक्तिहरुका समग्र सवालहरुमा कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

देशमा गणतन्त्र स्थापना भए पछि अपाङ्गता भएका नागरिकहरुका राजनितिक सवालहरुले स्थान पाउन थालेका छन् । यसर्थ पनि गणतन्त्रको पक्षमा अपाङ्गता संगठनले सशक्त आवाज उठाएर आम समाजलाई सन्देश दिन महासचिव पोखरेलले आग्रह गर्नुभयो ।

राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई विशेष आतिथ्यको रुपमा सम्बोधन गर्नुहुदै पार्टी स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका नीति कार्यक्रममा अपाङ्गता संगठनको उल्लेखनिय भूमिका रहदै आएकोमा संगठनको प्रशंसा गर्नुभयो ।

“हाम्रो पार्टीले गर्ने विभिन्न कार्यक्रममा अपाङ्गता संगठनका कमरेडहरु सधै उत्साहपूर्वक सहभागि हुनुहुन्छ । हाम्रा नीतिहरुलाई अपाङ्गता समुदायसँग जोड्न संगठनले अहम भूमिका खेलिरहेको छ । पार्टीले यी विषयहरुलाई उच्च मुल्याङकन गरेको छ” स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक ढकालले बताउनुभयो ।

राष्ट्रिय अपाङ्गता संगठनको तेस्रो राष्ट्रिय सम्मेलनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा संगठनका पूर्व इन्चार्ज उषाकला राई र हालका इन्चार्ज एवम् पार्टी केन्द्रीय कमिटी सदस्य धर्मदत्त देवकोटा, पार्टी केन्द्रीय कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका सदस्य रचना खड्का, नेकपा एमालेका लेखा आयोग सदस्य कोमल भट्टराई लगायतको आतिथ्यता रहेको थियो भने संगठनका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले अध्यक्षता गर्नुभएको थियो ।

राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नवनिर्वाचित अध्यक्ष जगदीश प्रसाद अधिकारीले केहि समयमा प्रथम केन्द्रीय कमिटीको बैठक बसी आगामी योजना कार्यक्रम तय गरेर अघि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

“हाम्रो पार्टी विरुद्द चौतर्फी आक्रमण छ । देशभरि संगठन निर्माण तथा प्रशिक्षणहरु आयोजना गर्नुपर्ने छ । अपाङ्गता भएका व्यक्तिहरुलाई नीति निर्माण तहमा पुर्याउन वकालत पैरवी गर्नु छ । यी विविध सवालहरु नै आजको हाम्रो मुख्य सवालहरु हुन् । अब आउने केन्द्रीय कमिटी बैठकमा यी सबै सवालहरुमा छलफल गरेर योजनाबद्द रुपमा सबैलाई समान जिम्मेवारी प्रदान गरेर अघि बढ्छौँ” अध्यक्ष अधिकारी बताउनुभयो ।

सर्वसम्मत निर्वाचित केन्द्रीय कमिटिको अध्यक्षमा कमरेड जगदीश प्रसाद अधिकारी, उपाध्यक्ष कृष्ण गौतम र निर्मला धिताल महासचिव रमेश लामा उपमहासचिव शिशिर खनाल, सचिवहरु राजु बस्नेत (संगठन), देविदत्त आचार्य (संचार), खोमराज शर्मा (बिदेश) कोषाध्यक्ष कमला बुढाथोकि सदस्यहरु भिमा खतिवडा गोविन्द विष्ट, खेम कुमारी ढुंगेल, जितेन्द्र कुमार यादव, कविता श्रेष्ठ रहनुभएको छ ।

यसैगरी गोकर्ण तिवारी, शोभा पौडेल, लक्ष्मण सुवेदी, रेनुका पन्थी, कृष्ण बहादुर जि.सी., डिलसरा बोहरा, शेर बहादुर ओली, अर्जुन रावल, शुष्मा कार्की, कलाधर भण्डारी, चित्र माया आले, मिना पौडेल, सागर लुईटेल, दिलिप सापकोटा, सिता बराईली, सुनिता थापा, अमृत राई, डा. गोविन्द आचार्य, सत्यवती वाग्ले, सन्तोष के. सी., सूर्य बहादुर बुढाथोकी, जानुका रोक्का,पुष्पराज रिमाल, रविन मैनाली, विकाश श्रेष्ठ, नवराज सोती, बुद्धी बहादुर वागदास, विजय कुमार, यादव, शर्मिला विश्वकर्मा, कृष्ण अधिकारी, देवी आचार्य, मिना पौडेल, दयाराम अधिकारी, धनजंग थापा, रामप्रसाद धमला, शुरेश चन्द्र न्यौपाने, रेहिणी प्रसाद उपाध्याय, सविन रुपाखेती, श्याम कार्की, कनैयालाल राना, शंकर उपाध्याय र हेमनाथ ज्ञावाली सदस्य चयन हुनुभएको छ

लेखा आयोग प्रमुख के.पी. अधिकारी, अनुशासन आयोग प्रमुख नेत्र सापकोटा, सदस्य गुणराज खतिवडा र निर्वाचन आयोग प्रमुख डा. लक्ष्मण प्रसाद ज्ञवाली सदस्यहरुमा तारा ढकाल र राजेन्द्र घिमिरे रहनु भएको छ ।