जनता टाइम्स

७ बैशाख २०८२, आईतवार ०९:२६

राष्ट्रिय युवा भेला गर्दै अनेमसंघ, यस्तो छ बिशेष योजना


काठमाडौं, बैशाख ७ । नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रिय युवा भेला गर्ने भएको छ । यही वैशाख १० गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय युवा भेलाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

अनेमसंघ केन्द्रीय युवा कमिटीले आयोजना गर्न लागेको वर्तमान परिवेशमा युवा महिला र आगामी गन्तव्य विषयक अन्तरक्रियात्मक राष्ट्रिय युवा भेलाका लागि देशभरबाट युवा महिला काठमाडौँ आउने महासचिव पेम्बा लामाले जानकारी दिनुभयो ।

अनेमसंघ केन्द्रीय युवा कमिटीका प्रमुख विन्दु अधिकारीका अनुसार सो भेलामा देशभरबाट करिब ८ सय युवा सहभागी हुने छन । भेलाले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भइरहेको षडयन्त्रप्रति युवा बर्गलाई बिशेष प्रशिक्षितसमेत गर्नेछ । राष्ट्रिय युवा भेलाको प्रमुख अतिथीका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ ।