जनता टाइम्स

१९ बैशाख २०८२, शुक्रबार १९:२१

नीति तथा कार्यक्रम : किसानलाई परिचय पत्रसहित सहुलियतमा ऋण दिइने


काठमाडौं, १९ वैशाख ।  सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ ।

शुक्रबार संघिय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसानलाई परिचयपत्र दिइने बताउनुभयो । उहाँले किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले व्यावसायिक खेतीमा बाली लगाइसकेपछि अग्रिम खरिद सम्झौता गर्ने बताउनुभयो । उहाँले सरकारले कृषिमा दिने अनुदान प्राथमिक किसानलाई मात्रै दिने व्यवस्था गर्ने बताउनुभयो ।