काठमाडौं, २२ वैशाख । प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार ७२ वर्षीय खेमराज सेढाई रहेका छन् । सेढाई नुवाकोट लिखु गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ७ बस्दै आएका थिए ।उनी गत चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा सलंग्न रहेको परिसरका सूचना अधिकारी अपीलराज बोहोराले जानकारी दिनुभयो।
राजावादीको अभियानमा लागेका पुर्व कांग्रेस नेता पक्राउ

प्रतिक्रिया दिनुहोस्