काठमाडौं, २३ वैशाख। धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो।दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीया लिला बहादुर श्रेष्ठको आज बिहान ४ बजे उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका ११ जना घाइते मध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ।
धनकुटा बस दुर्घटना अपडेटः मृतकको संख्या ३ पुग्यो

प्रतिक्रिया दिनुहोस्