जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार १८:१०

पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बामपन्थी नेताप्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्व मन्त्री समेत रहेका नेपालको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।

नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।  बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।