जनता टाइम्स

२४ बैशाख २०८२, बुधबार १८:१२

देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी गराए ।