जनता टाइम्स

२८ बैशाख २०८२, आईतवार १६:२५

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

गत १९ वैशाखमा बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम दुवै सदनमा छलफलपछि पारित भएको हो । नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदै छ ।