काठमाडौं, ३१ वैशाख । नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार बेलुकी त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
स्थानीय ११ वर्षिया जेनी डंङ्गोल सोही उमेरकी सदीक्षा राई नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नदी डुवेर बेपत्ता दुवै किशोरीहरुको खोजी कार्य जारी रहेको छ । उनीहरु दुवै स्थानीय शिलादेवी माद्यामिक विद्यालयमा अध्ययनरत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्