जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार २२:०१

मोहन बस्नेतको सांसद पद निलम्बनमा परेको पत्र प्रतिनिधि सभामा सुनाइयो 


काठमाडौं, १ जेठ। प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेत प्रतिनिधि सभा सदस्यबाट निलम्बन भएको पत्र सभामा सुनाइएको छ ।

सभामुख देवराज घिमिरेले बस्नेत निलम्बनमा परेको पत्र बिहीबार बैठकमा सुनाउनुभएको हो । बैठकमा पत्र सुनाएसँगै अब उहाँले निलम्बन फुकुवा नभएसम्म प्रतिनिधि सभाका प्रवेश पाउनु हुने छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि बस्नेत स्वतः पदबाट निलम्बित हुनुभएको हो । मन्त्री भएका बखत टेरामोक्स खरिद प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले    उनीहरूबाट ३ खर्ब ५१ करोड रुपैँया बिगो माग दाबी गरिएको छ ।