सिन्धुली, १० जेठ । एमाले सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीका नवनिर्वाचित पदाधिकारीहरूले शपथग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अनेमसंघको छैटौँ जिल्ला सम्मेलनबाट निर्वाचित कमिटीलाई शपथग्रहण गराइएको हो । अनेमसंघकी स्थायी समिति सदस्य मिथिला फुयाँलको प्रमुख आतिथ्यतामा सम्पन्न शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइराला, निरु दर्लामी, सल्लाहकार परिषद् सदस्य रामकुमार पौडेल, एमाले वाग्मती प्रदेश कमिटी सदस्य गोविन्दलाल माझी, रश्मिला देवकोटा, अनेमसंघकी केन्द्रीय सदस्य अप्सरा खड्का, नेता गङ्गा कार्कीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अनेमसंघकी पूर्व अध्यक्ष पार्वती भट्टराईले निर्वाचित कमिटीलाई बधाई दिँदै पदभार हस्तातरण गर्नुभयो ।
शपथ ग्रहणमा भएको ठुलो उपस्थितिले काम गर्न ऊर्जा मिलेको नवनिर्वाचित अध्यक्ष शान्ता पाख्रिनले बताउनुभयो । उहाँले संगठनलाई जिल्लामा एक नम्बरको महिला संगठनको रूपमा स्थापित गराउने प्रतिबद्धता जाहेर गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्