काठमाडौँ । नेकपा माओवादी केन्द्रका नयाँ नियुक्त सचिव गंगानारायाण श्रेष्ठले माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर नभाग्न डा.बाबुराम भट्टराईलाई अपिल गरेका छन् । सोमबार ललितपुरस्थित ग्वार्कोमा भएको एकता सभामा बोल्दै उनले माओवादी आन्दोलनको स्वामित्वबाट नभाग्न अपिल गरेका हुन् ।
‘यो ऐतिहासिक सभाबाट म भन्न चाहन्छु– जनयुद्धको नेतृत्व गरेका उहाँ (बाबुराम) लाई अपिल गर्न चाहन्छु । माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर कतै भाग्न पाउनुहुन्न । यसको स्वामित्व तपाईंले लिनैपर्छ । तपाईं जुनसुकै वादी भन्नोस् । तपाईंको पहिचान १० औँ हजारको रगत र बलिदानले बनेको हो । म गम्भीरतापूर्वक अपिल गर्न चाहन्छु’, उनले भने । निर्वाचनअघि पार्टी एकता गर्न भट्टराईले सहमति गरे पनि निर्वाचनपछि पूर्व सहमतिबाट पछि हटेको उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्