जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार २०:०८

पीडित रोशनी शाही नै अदालत पुग्दा पनि प्रहरीले संकलन गरेको त्यो प्रमाणले पुर्यायो महरालाई जेल


काठमाडौं, कात्तिक १९ । नेपालको पदीय मर्यादाको हिसावले पाचौं स्थानमा रहेका बहालवाला सभामुख कृष्णबहादुर महरा जवरजस्ती करणी उद्योगमा अदालतको आदेशबाट यतिबेला कारागार चलान भएका छन । आफुसँग बिगत लामो समयदेखि चीनजान भएकी र आफ्नै कार्यालयमा कार्यरत रोशनी शाहीको डेरामा रातको समयमा एक्लै गएपछि बलात्कार अभियोगमा महरा कारागार चलान भएका हुन ।

शाहीको कोठामा नियमित गइरहने महराले शाहीमाथि त्यस दिन (असोज १२) हर्कत गरे कि गरेनन ? उनैलाई जानकारी हुने कुरा भयो । तर रोशनीको तत्कालिन भनाइलाई मान्ने हो भने महराले अभद्र ब्यवहार पक्कै गरे । घटनास्थलको प्रमाणले यो देखायो । जुन पदीय मर्यादाबिपरित थियो । सम्माननीयको पाँचौ मर्यादामा रहेका ब्यक्तिबाट कल्पना गर्न नसकिने कुरा थियो त्यो घटना । जब रोशनीले प्रहरीलाई खबर गरिन, प्रहरी घटनास्थल तत्काल पुग्यो । घटनाको वास्तविक बिबरण टिपोट गर्यो । अपराध गरेका भनिएका ब्यक्ति प्रतिनिधिसभाकै सभामुख भएको कारण प्रहरीले चुपचाप आफ्नो काम गर्यो । भोलि प्रमाणमा लाग्न सक्ने सम्पुर्ण चिज÷बस्तु संकलन गरी फर्कियो । पीडितसँग भिडियो रेकर्ड पनि त्यही राती गर्यो । अनिमात्रै आफ्ना रिपोर्ट माथिसम्म चेन अफ कमाण्डमै पुर्यायो ।

तत्कालै प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिवलगायत आइजीपी सर्वेन्द्र खनालले रिपोर्ट गर्नुभयो घटनाबारे । सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधीको कुनै पद वा ओहोदा हुँदैन भन्ने सार्वजनिक घोषणा गर्नुभएको थियो । प्रहरीकै स्थापना दिवसका दिन प्रधानमन्त्री ओलीबाट आएको त्यो अडानलाई फलो परेको प्रहरी नेतृत्व (प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल) ले अनुसन्धानमा संलग्न अधिकारीलाई आफै निर्देशन दिए प्रमाण जुटाउने काममा कुनै कमी नगर्न निर्देशन दियो । प्रधानमन्त्री ओलीले पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग परामर्श गर्नुभयो । दुवै अध्यक्षको परामर्शपछि सचिवालय बैठक राखेर सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिइयो ।

कानूनी शासनको पक्षमा उभिएर अपराधबिरुद्ध सून्य सहनशीलताको नीति लिएको नेकपाले तत्कालै सभामुखबाट राजीनामा गर्न बाध्य बनाएपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भयो । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालको अदम्य शाहस यो घटनामा प्रमाणित भयो । अपराधी जस्तासुकै किन नहुन कानुन सवको लागि समान हो भन्ने मान्यतामा अडिग खनालले प्रधानमन्त्रीको सार्वजनिक घोषणाअनुसार अघि बढने निर्णय लिनुभयो । प्रधानमन्त्री नै कानुनी राज कायम गराउन तल्लिन भएको बेला खनालले खुट्टा कमाउने कुरै थिएन, अनुसन्धानको पाटोतिर आफ्नो टीमलाई खटाउनु भयो । आइजीपीको प्रत्यक्ष निगरानीमै सबुद प्रमाण संकलन भयो । नभए पीडित आफैले बयान बदल्दा पनि महरा पुर्पक्षका लागि जेल चलान भए ।

जसको भागिदार यदि कोही हो भने अपराधीको कुनै पद र ओहोदा हुदैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओली, अर्का नेकपाका अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, कानूनी शासनको पक्षमा उभिने नेकपा र हिम्मतका साथ प्रहरी परिचालन गरी बेलैमा सबुत प्रमाण संकलन गरी यथार्थ सूचना सरकारलाई प्रवाह गराउने आइजीपी सर्वेन्द्र खनाल नै हुन

यस्तो अपराधमा पीडितले बयान बदल्दा प्रायः सवैजसो आरोपीले सफाइ नै पाउने गरेको बिगतबाट देखिन्छ । प्रमाण बलियो नबनाइएको भए अदालतले त्यति शक्तिशाली ब्यक्तिलाई पुर्पक्षका लागि त्यति बरिष्ठ बिद्वान अधिबक्ताहरुले बहस पैरवी गर्दागर्दै संभव हुने थिएन । तसर्थ भन्नैपर्छ, नेपालमा सुशासन को सुरुवात भएको छ, कानुनी राज्य स्थापित हुदैछ, कानुन सबैको लागि समान हुँदै गरेको कुरा जनता बिश्वस्त हुँदै गरेको देखिएको छ । यी यावत कुराको जसको भागिदार यदि कोही हो भने अपराधीको कुनै पद र ओहोदा हुदैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओली, अर्का नेकपाका अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, कानूनी शासनको पक्षमा उभिने नेकपा र हिम्मतका साथ प्रहरी परिचालन गरी बेलैमा सबुत प्रमाण संकलन गरी यथार्थ सूचना सरकारलाई प्रवाह गराउने आइजीपी सर्वेन्द्र खनाल नै हुन ।

अहिले सरकारले अपराधीलाई बचाउँछ र त्यही कुरा प्रहरीले तामेल गर्छ भनेर गीत गाउनेहरुलाई यो महरा प्रकरणले गतिलो जबाफ फर्काएको छ । महरा प्रकरणसँगै नेपाल अव कानूनी राज कायम भएको प्रमाण आएको छ । अव बिगतमा जस्तो शक्तिको आडमा अपराध लुकाउन सकिदैन भन्ने प्रमाणहरु एकपछि अर्काे आइरहेको छ । बाह्र बर्षअघि रौतहटमा भएको बम बिष्फोट र घाइतेलाई इटाभट्टामा हालेर जिउँदै जलाइएको घटनामा पूर्वमन्त्री आफताव आलम पक्राउ परी अदालतमा मुद्दा दायर भइसकेको छ । यस्तै अन्य दर्जनौं भिभिआइपीहरु पनि कानूनी दायरामा आउन थालेका छन ।