काठमाडौं, १८ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश स्तरको प्रचार कार्यशाला आयोजना गर्ने भएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले दुई दिने कार्यशाला गर्न लागेको हो । कार्यशाला जेठ २२ र २३ गते भक्तपुरमा आयोजन गर्न लागिएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाश विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।
भेलामा प्रदेश प्रचार विभागका पदाधिकारी र सदस्यहरू, प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीका पदाधिकारीहरू, जिल्ला स्थित प्रचार विभाग प्रमुख र सचिव, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष र सचिव, जनसङ्गठनका प्रचार विभागका प्रमुखहरूको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
डोलेश्वर रिसोर्ट भक्तपुरमा जेठ २२ गते बिहान ११ बजेबाट सुरु हुने कार्यशालाले नेकपा एमाले वाग्मती प्रदेशको प्रचार योजना बनाउने लामाले बताउनुभयो । ‘प्रचारको लागि जिल्ला तहसम्म भएका कामको समीक्षा, राम्रा कामको सिकाइ सहित समग्र प्रदेश भरिको प्रचार योजना बनाउन कार्यशाला गर्न लागेका हौँ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्