जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार ०९:३७

नआत्तिएका नेपाल, हडबडाएका वकिल


काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि मुद्दा दायर गरेपछि उहाँ भन्दा पनि कानुन व्यवसायीहरु अतालिएको मनस्थितिमा देखिएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल भने बारम्बार भन्ने गर्नुहुन्छ बिराउनु, नडराउनु।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा मुद्दा दायर भएपछि पनि नेपालले यही कुरा दोहोर्‍याएउनुभएको छ , न बिराउनु, नडराउनु। तर उहाँका वरिष्ठ वकिल आत्तिएको देखिनुभएको छ। नेता नेपालले कानुनको सामना गर्नका लागि कानुन व्यवसायीद्वय शम्भु थापा र गोविन्द बन्दीसँग हिजो (बिहीबार) छलफल गर्नूभएको थियो ।

समाजवादी पार्टी कार्यालयबाट निस्कँदै गरेका वरिष्ठ वकिल शम्भु थापाको व्यवहारले भने उहाँ आत्तिएको कतिपयले महसुस गरेका छन्। ‘समाजवादीको पार्टी कार्यालयबाट कानुनी राय दिएर निस्कँदै गर्दा फोटो खिच्यो भनेर पत्रकारको क्यामरामा हिर्काउनु त्यति स्वभनीय थिएन,’ सामाजिक सञ्जालमा अच्युत पराजुली लेख्नुभएको छ, ‘उहाँको यो व्यवहारले थापा हडबडाएको र आत्तिएको महसुस गरायो’, उहाँको व्यवहारलाई लिएर सामाजिक संजालमा टिकाटिप्णी भईरहेको छ ।

थापा हडबडाए पनि नेपाल आतिनुभएको छैन । त्यसैले होला नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी बैठकले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा दायर भएको मुद्दाको कानुनी उपचारमा जाने निर्णय गरेको छ। पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको पदाधिकारीको बैठकले पतञ्जलि जग्गा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले आयोगको निर्णयप्रति असहमति जनाउँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको हो। विगतदेखि नै आफू नेतृत्वको पार्टीलाई कमजोर बनाउन तथा नेताहरूमाथि राजनीतिक प्रतिशोधका प्रयास हुँदै आएकाले निर्णयप्रति नआत्तिन बैठकले आम कार्यकर्ता एवं समर्थकलाई आग्रह गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री, मुख्यसचिवसहित ९३ जनालाई सार्वजनिक जग्गा दुरुपयोग अभियोगमा बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा काभ्रेको साँगा र महेन्द्रज्योतिमा हदबन्दी छुटमा किनिएको पाँच सय ५४ रोपनी पाँच आना एक दाम जग्गा मिलेमतोमा दुरुपयोग गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा हालिएको छ। प्रधानमन्त्री पदबाट हटेको करिब डेढ दशकपछि नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएको हो।