काठमाडौं, जेठ २९ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।
केहीबेरअघिदेखि विद्युतीय मेसिनबाट मतदान सुरु भएको हो । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ । एक जना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ ।
यसैगरी, एक महिला उपाध्यक्षमा आरती भट्टराई, सुजिता धिताल, अञ्जना सिवाकोटी र भवानी बजगाईंले उम्मेदवारी दिनुभएको छ । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिनुभएको छ ।
कीर्तिपुरमा जारी २४औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो ।













प्रतिक्रिया दिनुहोस्