जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार १३:०१

बेलायत भ्रमणमा एमाले महासचिव पोखरेल


काठमाडौं, जेठ २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा जानुभएको छ ।

प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको हो । महासचिव शुक्रवारदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि बेलायत जानुभएको छ ।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप(अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो । महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।