काठमाडौं, जेठ २९ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदान मतदानको मतगणना साँझ ८ बजेबाट हुने भएको छ ।
नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान भइरहेको र अपराह्न ४ बजेसम्मको लागि मतदानको समय तोकिएको छ । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको निर्वाचन कमिटीले जनाएको छ ।
विद्युतीय मेसिन मार्फत मतदान भएकोले मतगणना सुरु भएको केही समयमा नै अन्तिम परिणाम सार्वजनिक हुने अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ ।
एक जना खुल्ला उपाध्यक्षका लागि विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीलेको उम्मेदवारी परेको छ ।
यसैगरी, एक महिला उपाध्यक्षमा आरती भट्टराई, सुजिता धिताल, अञ्जना सिवाकोटी र भवानी बजगाईँले उम्मेदवारी दिनुभएको छ ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिनुभएको छ ।
कीर्तिपुरमा जारी २४औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो ।













प्रतिक्रिया दिनुहोस्