काठमाडौं, जेठ २९ गते । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा कूल १ हजार ४ सय ५३ मत खसेको छ ।
नेतृत्व चयनको १ हजार ५ सय ४२ प्रतिनिधि रहेकामा ८९ मत नखसेको अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
आज बिहानबाट सुरु भएको मतदान राति १० बजे सकिएको हो । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको थियो । मतगणना राति नै सक्ने तयारी निर्वाचन कमिटीले गरेको छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ ।
एक जना खुल्ला उपाध्यक्षका लागि विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीलेको उम्मेदवारी परेको छ ।यसै गरी, एक महिला उपाध्यक्षमा आरती भट्टराई, सुजिता धिताल, अञ्जना सिवाकोटी र भवानी बजगाईँले उम्मेदवारी दिनुभएको छ ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिनुभएको छ ।
विद्युतीय मेसिनबाट मतदान भएकोले मतदान सकिएको केही बेरमा निर्वाचनको परिणाम आउने अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्