ओखलढुङ्गा, जेठ ३० । मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले तिम्ल्याहा शिशुको जन्म दिनुभएको छ । ओखलढुङ्गा सामुदायिक अस्पतालमा उहाँले शुक्रवार आज तिम्ल्याहा शिशुको जन्म दिनुभएको हो ।
बिहीबार अस्पताल भर्ना हुनुभएकी तामाङले शुक्रवार बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिनुभयो । निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेको थियो । जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९ सय ग्राम, दोस्रोको दुई हजार २० सय सय ग्राम र तेस्रोको तौल दुई हजार ३ सय सय ग्राम रहेको अस्पतालले जनाएको छ ।
३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्