काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आगामी असार १५ गते बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्