जनता टाइम्स

३१ जेष्ठ २०८२, शनिबार १२:१८

एमाले निकट कानून ब्यवसायी संगठन पिपीएलएको तेस्रो राष्ट्रिय सम्मेलन सुरु, अध्यक्षमा चार आकांक्षी


काठमाडौं, जेठ ३१ । नेकपा एमाले निकट कानून ब्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानून ब्यवसायी संघ (पीपीएलए) को तेस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।

सम्मेलनको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उदघाटन गर्नुभयो । राजधानीको कार्की ब्यांक्वेटमा सुरु भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि चार जना आकांक्षी रहेका छन ।

सम्मेलनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयाश हुने संभव नभएमा निर्वाचनबाट नेतृत्व चयन गर्ने इञ्चार्ज अच्यूत मैनालीले जानकारी दिनुभयो । पिपीएलएको सम्मेलनसँगै यस बर्ष सम्पन्न गर्ने तय गरिएको नेकपा एमालेका सवै जनसंगठनको महाधिवेशन,सम्मेलन, अधिवेशनहरु सकिएको छ ।